प्रधानमन्त्री दाहाल र मन्त्री झाङबीच भेटवार्ता

काठमाडौँ, ५ कात्तिक । 

प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज चिनियाँ उद्योग वाणिज्यका लागि राज्य प्रशासनमन्त्री झाङ माओले शिष्टाचार भेट गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले मन्त्री माओको नेपाल भ्रमणका अवसरमा दुई देशबीच बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी सहमतिमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गरे। 

नेपाल र चीनबीच सदियौंदेखिको सुमधुर सम्बन्धको स्मरण गर्दै उनले आगामी दिनमा पनि यो सम्वन्ध थप सुदृढ बनाउन यस्ता भ्रमणको ठूलो भुमिका रहने बताउनु भएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिए । 

उनका अनुसार चीनले अघि बढाएको ‘वान वेल्ट वान रोड’को सर्हाना गर्दै त्यसमा नेपालले सहभागी भई लाभ लिन सक्ने विश्वास व्यक्त गरे।

सो अवसरमा मन्त्री झाङले नेपाल र चीन बीचका परियोजना राम्रोसँग अघि बढेको बताउँदै चिनीयाँ कम्पनीका लागि यहाँ काम गर्ने राम्रो वातावरण भएकोमा खुशी व्यक्त गरे ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...