५० सन्तानकी आमा दीक्षा चापागाईं : जो कुकुरलाई समेत यसरी सम्मान गर्छिन

समाजसेवको क्षेत्रमा उदाहरण बनेकी पवित्र समाजसेवा नेपालकी दीक्षा चापाँगाइले आश्रमका ५० जनासहित शनिबार काठमाडौँको धापासीमा कुकुर तिहार मनाइन् ।

तिहारमा हिन्दुहरुले टिका, माला, लगाई मिठो खान दिएर कुकुर तिहार मनाउछन् । तर दीक्षाले अरुले मनाउने कुकुर तिहारभन्दा अलि फरक तरिकाले कुकुर तिहार मनाइन् ।

उनले कुकुरलाई पूजा मात्र गरिनन् कुकुरको दुबै खुट्टामा ढोगेर कुकुरप्रति उच्च सम्मान ब्यक्त गरिन । दिक्षा र उनका आश्रमका आश्रितहरुले बिहान उनीहरुसँगै बस्ने गरेको हिट्स नामको कुकुरलाई पूजा गरेर उच्च आदर गरेका हुन् ।

अन्तजस्तै उनको आश्रममा पनि तिहारको खुसीयाली छाएको छ । तिहारका लागि भन्दै शुक्रबार यूनाईटेड फिटनेस सेन्टरले आश्रममा सेलरोटी बाँढेर सहयोग गरेको दीक्षाले बताइन् ।


चापागाँइले सडकमा अलपत्र परेका रोगी, बिरामी असक्त, बालबालिकालाई उद्धार गरेर पवित्र समाज सेवा नेपालको आश्रममा लगी खाने, बस्ने, स्वास्थ्य उपचार गर्ने तथा पढ्ने ब्यवस्था गर्दै आएकी छिन् ।

इमान्दार कुकुर मान्छेका लागि प्रेरक भएको भन्दै उनले सम्मान गरेको बताइन् । पौराणिक कुरा अनुसार पनि हाम्रो खबर यमराजसम्म पु¥याउने यमदूतको रुपमा रहेको कुकुर मान्छेको नजिकको साथी उनले बताइन् ।

कुकुरलाई मात्र नभएर आफ्ना कोही शत्रु छन् भने पनि उनीहरुलाई आफूले कहिल्यै अभद्र ब्यवहार नगर्ने उनले बताइन् ।
संसारमा थोरै मानिसले मात्र मानवता बुझेको भन्दै उनले रोगी, असक्त, बृद्ध भएका आफन्तलाई बाटोमा छोडेर कुकुरसँग सुत्ने शहरीया प्रबृत्ति दुःखद रहेको बताइन् ।

कसैले घृणा ग¥यो, अभद्र ब्यवहार ग¥यो, भनेपनि त्यसलाई बिर्सेर उसप्रति सम्मान गर्नुपर्छ भन्ने कुकुरले ब्यवहार मानिसले पनि सिक्नुपर्ने दीक्षाको भनाई छ ।

सडकमा फालिएको ‘हिट्स’

झन्डै दुई बर्षअघि महाराजगञ्जमा हिडिरहेको बेला कसैले स्कुटीबाट सडकमा एउटा पोको खसालेर गयो । उनले स्कुटी रोकिन र खसालेर गएको पोको हेर्दा त्यसभित्र एउटा कुकुरको बच्चा थियो । त्यसलाई उनले आश्रममा लिएर गइन् ।
त्यतिबेला उनको आश्रममा स्वीडेनका नागरिक रोजरले स्वंयसेवा गर्थे ।


उनले कुकुरको बच्चालाई हिट्स नाम राखेर हेरचाह गर्थे । तर पोखरा गएका बेला उनको फेवातालमा डुबेर मृत्यु भयो । त्यसपछि दिक्षाले हिट्सको हेरचाह गर्दै आएकी छिन् । आश्रमबाट बाहिर निस्किएपछि हिट्सले उनको बाटो हेरेर बस्ने गरेको दीक्षाले बताइन् ।

सडकमा अलपत्र परेका असाहायलाई आफ्ना छोराछोरीलाई गर्ने भन्दा बढी माया गरेर सेवा गर्दै आइरहेकी दीक्षाले यतिबेला आश्रममा २७ जना बालबलिका र अरु बिभिन्न उमेर समूहका सडकमा अलपत्र परेका रोगी, दृष्टिबिहिन, अपाङ्ग तथा बृद्ध–बृद्धाको सेवा गरिरहेकी छिन् ।

उनले सडकमा अलपत्र परेका रोगी, बृद्ध–बृद्धा, अपाङ्गलाई कसैले भेटे पवित्र समाज सेवाको आश्रममा ल्याइदिन वा खबर गर्नसमेत आग्रह गरेकी छिन् ।




रातोपाटीबाट

,

प्रतिकृया दिनुहोस्

Loading...