संसदमा गगनले भने–एक ठाउँ उभिएर लोकमानलाई पाखा लगाऊँ
- काठमाडौँ ९ कात्तिक ।
मंगलबारको संसद बैठकमा बोल्दै कांग्रेस युवा नेता तथा स्थ्यमन्त्री गगन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्न सवैलाई अपिल गरेका छन्।
मंगलबारदेखि सुरु भएको महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै स्वास्थ्य मन्त्री थापाले कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका पक्षमा सबै सांसदले मतदान गरेर लोकमान कार्कीलाई पाखा लगाउन अपिल गरेका हुन्।
सत्यका पक्षमा सवै दल उभिनु पर्ने भन्दै थापाले कार्कीविरुद्धको महाअभियोग प्रस्तावले सवै दललाई एक ठाउँमा उभ्याउने दाबी गरेका छन्। महाअभियोग प्रस्ताव कार्कीसँगमात्रै नभई आम नेपालीको स्वाभिमानसँग जोडिएको विषय भएको बताए।
थापाले कार्कीलाई अख्तियार प्रमुख नियुक्त गर्दा दलका शीर्ष नेताहरुले गम्भीर गल्ती गरेको आरोप लगाए। उनले भने,‘कार्कीको नियुक्ति गलत ढंगले गरिएको थियो। अब फेरि हामीले गल्ती दोहोर्याउनु हुँदैन। यिनलाई पाखा लगाएरै छोड्नुपर्छ ।’

आफूसहितका केही नेताहरुले कांग्रेसका तत्कालीन पार्टी सभापति र राष्ट्रपति डा. रामबरण यादवलाई कार्कीलाई नियुक्ति नगर्न आग्रह गरेको स्मरण थापाले गरे।
‘हामीले नियुक्ति गलत छ भन्दा हाम्रा पार्टी सभापति र पूर्वराष्ट्रपतिले त्यतिबेला भन्नु भएको थियो। हामी हार्यौं। तर हामीले कोसँग हारेको हो? थापाले प्रश्न गरे।
प्रतिकृया दिनुहोस्
Loading...