लोकमनालाई नियुक्त गर्ने प्रचण्ड, झलनाथ संसदमा उभिएर माफी माग : सांसद खतिवाडा (भिडियोसहित)


  • काठमाडौँ ९ कात्तिक ।

नेपाली कांग्रेसका सांसद रामहरी खतिवाडाले लोकतन्त्रमा सबैले कानुन मान्नुपर्ने बताएका छन् । उनले मंगलबार संसदमा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने " गिरिजा, मोनामोहन र प्रचण्डले अदालतले बोलाउदा हाजिर हुन हुने तर लोकमानले किन कानुनि ब्यबस्थालाई नमान्ने" उनले संसदमा बोल्दै खतिवाडाले भने हामी आज गम्भीरबिषयमा छलफल गर्दै छौ ।

हामीले नागरिकसँग माफी माग्ने बेला आएको छ । एक दशक पछी जनताको निराशालाई अबसरमा बदल्न खोज्नेहरु सकृय भएर लागेका छन् । त्यसैले सबै जना संसद सचेत रहने बेला आएको छ ।

त्यस्तै खतिवाडाले भने लोकमानको नियुक्ति नै गलत तरिकाले भएकोले झलनाथ खनाल र प्रचण्डले संसदमा उभिएर माफी म्माग्नुपर्छ । जनताले लोकमानको नियुक्तिबारे जवाफ खोजिरहेका छन्।

नेपालमा श्री ५ को सरकार ढलेपनि लोकमान श्री ६ बन्न खोजेका छन् । त्यसैले नेपालमा कानुनि राज्यको नभएको आभास जनताले गर्दै छन् । महाअभियोग प्रमाणित कांग्रेसको साथ चाहिन्छ ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै भने उहाले संसदमा ओलीले सम्बोधन गर्दा आफु माथीको अविस्वास प्रस्ताब छापामार शैलीमा आयो भन्नुभएको थियो अहिले लोकमानसिंह कार्की बिरुद्ध उहाहरुले पनी महाभियोग पनि छापामार शैलीमा ल्याउनुभएको छ।

म संसदमा सबैलाई अनुरोध गर्दर्छु महाभियोग प्रस्ताब पारित गरेर देखाउनुपर्छ । उनले भने लोकमासिंह कार्कीले जहिले पनि माथिल्लोतहका नेताहरुको भ्रस्टाचारको कसलाई कहिलै छोएनन् ।

तल्लो तहका साना-सानालाई मात्र समाते माथिल्लो तहका नेतासंग बार्गेनिंग मात्र गरे महाअभियोग प्रमाणित हुन्छ तर जनताको ध्यान अनेत्रै अनेत्रै जाने सम्भावना छ त्यसो हुनुहुँदैन ।

हेर्नुहोस भिडियो



, , ,

प्रतिकृया दिनुहोस्

Loading...