मोटरसाइकल चढ्ने सपना पूरा गर्न वृद्ध एक्लैले खने २ किमि सडक

काठमाडौँ ४ कात्तिक । 

दाङका एक ७२ वर्षीय वृद्धले मोटरसाइकल चढ्ने सपना पूरा गर्न २ किमि सडक निर्माण गरेका छन् ।

वृद्धले एक्लै रातदिन कुटो कोटालो गरेर राजमार्गदेखि घरसम्मको २ किमि बाटो निर्माण गरेका हुन् । दाङ तुलसीपुरका ७२ वर्षीयढ चन्द्रवीर वलीले यस्तो उदाहरणीय कार्य गरेका हुन् ।

एक वर्ष लगाउर उनले राप्ती राजमार्गको साततलेदेखि आफ्नो घरसम्म सडक खनेका आजको कारोबार दैनिकमा समाचार छ ।
पहिले देखि आफूमा घरसम्म मोटरसाइकल लैजाने सपना पूरा गर्न यो कार्य गरेको उनले बताए ।

उनका सात सन्तान दृष्टिविहीन छन् । दृष्टिविहीन सन्तानलाई घरसम्मको यात्रामा सहज हुने वलीको अपेक्षा छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...