नेपालगन्जमा विद्यार्थीले गरे लोकमानको पुत्ला दहन

नेपालगन्ज ७ कात्तिक ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन दवाव दिँदै बाँकेका ८ विद्यार्थी संगठनले नेपालगन्जमा प्रदर्शन गरेका छन्।

गणेशमान चोकबाट सुरु भएको विद्यार्थीको प्रदर्शन विपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। 

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सहितका विद्यार्थी संगठनले लोकमान सिंह कार्कीका विरुद्ध दायर गरिएको महाअभियोग प्रस्ताव सफल बनाउन आ–आफ्नो दलका नेताहरुलाई दवाव दिएका छन्।

प्रदर्शनमा उत्रिएका विद्यार्थीले कार्की विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए। प्रदर्शनपछि विद्यार्थीले विपी चोकमा कार्कीको पुत्ला दहनसमेत गरेको अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाहले जानकारी दिए।

उनले संसदमा पेश भएको महाअभियोगको पक्षमा समर्थन गर्न विद्यार्थी संगठनले आ–आफ्नो दललाई दवाव दिने सहमति भएको समेत बताए।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...