कांग्रेसमा बिबाद चुलिदै, केहि मन्त्री र केन्द्रिय सदस्यले राजिमाना दिने


  • काठमाडौं, ११ कात्तिक।

अख्तियार प्रमुख लोकमान सिंह कार्की बिरुद्द संसदमा दर्ता भएको महाभियोग प्रस्तावबारे अनिर्णयको अवस्था जारी रहेपछि नेपाली कांग्रेसभित्र विवाद चुलिएको छ । 

नेपाली कांग्रेससहित ठूला तीन दलका शीर्ष नेताको सहमतिमा नै महाभियोग दर्ता गरिएपनि बिकसित पछिल्लो राजनीतिक घटनाक्रम अन्तर्गत लोकमान जोगाउन भारतले कांग्रेसमाथि दवाब बढाएको छ ।

पार्टीको केन्द्रिय समितिले महाभियोगमाथि छलफल गरेपनि ७४ केन्द्रिय सदस्यमध्ये मुस्किलले २५ जना महाभियोगको पक्षमा र बाँकी ४९ जना लोकमानको पक्षमा उभिएपछि नेपाली कांगेसमा संकट पैदा भएको हो ।
 
यसैको प्रतिफलस्वरूप सरकारमा संलग्न नेपाली कांग्रेसका केहि मन्त्रीहरु तथा पार्टीका केन्द्रिय सदस्यहरुले महाभियोगको पक्षमा देउवामाथि दवाब बढाउन आ-आफ्नो पदबाट राजिनामा दिनेसम्मको कठोर कदम चाल्ने तयारी गरेका छन् ।

स्वास्थ्यमन्त्री गगन थापा कांग्रेसका आसलाग्दा नेता मानिन्छन् । गत कात्तिक ७ गते संसदमा बोल्दै महाभियोगको पक्षमा उभिन अपिल गरेका थापा पार्टीको संसदीय दलभित्र महाभियोगको पक्षमा बहुमत पुग्ने बिश्वासमा छन् । 

यद्यपि कांग्रेसले लोकमानको पक्षमा उभिने निर्णय गरे मन्त्री र केन्द्रीय सदस्यबाट राजिनामा दिने तयारी थापाको छ । 

त्यस्तै पार्टीका अन्य केन्द्रीय सदस्यहरु धनराज गुरुङ, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, प्रदिप पौडेल, सुरेन्द्रराज पाण्डेसमेतले आफ्नो पदबाट राजिनामा दिने तयारी गरेको पार्टी सभापति देउवालाई जानकारी गराएका छन् ।

बाहिर आशका गरिएजस्तै पार्टी सभापति देउवाको अचानक हुनलागेको भारत भ्रमण र संसदको लामो स्थगनले लोकमानको पक्षमा माहोल बनाउने आसंका कांग्रेस नेताहरुले गरेका छन् ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...