रेडियोबाट घर पुगेर पत्रकार राधिकाले गरिन् आत्माहत्या

नेपालगंज २५ असाेज ।

कालिकोटको सदरमुकाम मान्मस्थित रेडियो चंखेलीमा कार्यरत पत्रकार राधिका सुवेदीले आत्महत्या गरिकी छन् ।

जिल्लाको रकु गाविस-२ घर भएकी राधिका गत दुई वर्षदेखि उक्त एफएम रेडियोमा कार्यरत थिइन् ।

दसैं मान्न घर गएको बेला असोज २३ गते राति घरमै आत्महत्या गरेको पत्रकार जन्मदेव जैसीले अनलाइन डबलीलाई बताए ।

आफन्त समेत रहेका जैसीका अनुसार १९ वर्षीय राधिकाले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । 

परिवारिक र कार्यालयको तनावका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...