सिताज्यू, यो पटक ‘लाज’ नगर्नु होला


काठमाडौँ २९ असोज ।

प्रधानमन्त्री प्रचण्ड भारतको गोवामा हुन लागेको ‘ब्रिक्स सम्मेलन’मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नि सिता दाहाल पनि छन् ।

प्रधानमन्त्री प्रचण्डको यसअघि भारतको औपचारिक भ्रमणको क्रममा पत्नि सिता दाहालको उठबस, हिडाई, डुलाई हाउभाउलाई लिएर मिडिया र समाजिक सञ्जालमा निकै अालाेचना भयो । एक हिसाबले आलोचना ठिकै हो । देश वा सरकार प्रमुखसँगै हिड्ने ब्यक्तिहरुले धेरै कुरामा ख्याल गर्नुपर्ने हुन्छ ।

सिता दाहाल एउटा समान्य परिवारमा जन्मे र हुर्केपनि जनयुद्धको नेतृत्वकर्ता, दुई पटकसम्म प्रधानमन्त्री भइसकेको ब्यक्तिको पत्नि भएका कारण धेरै कुरामा ख्याल गर्नुपर्छ ।

सिता दाहाललाई धेरै कुरा जानकारी नहुनु स्वाभिवक भएपनि त्यसबारेमा सँगै जानकारी नगराउनु, दाहाल परिवार र सँगै गएकाहरुले ध्यान नदिनु गल्ती हो ।

यो कुनै ठूलो गल्ती नभएपनि सस्कार र संस्कृतिसँग जोडिएको कुरा मात्र हो । तर, केही ब्यक्तिले भने भारतमा प्रधानमन्त्री प्रचण्डले गरेका सम्झौताभन्दा ठूलो विषय बनाए । यतिसम्म की अहिलेसम्म भारत भ्रमण गरेका ब्यक्तिहरुले गरेका राष्ट्रघातभन्दा ठूलो गल्ती सिता दाहालले गरिन् ।

अघिल्लो भ्रमणको आलोचनालाई सिता र दाहाला परिवारले सुझावको रुपमा लिनु पर्छ र यो पटक त्यो दोहोर्याउनु हुँदैन ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...