दसैंपछि संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ–मन्त्री केसी

काठमाडौं, २१ असोज ।

सहरी विकासमन्त्री अर्जुनरसिंह केसीले दसैंपछि संविधान संशोधन प्रस्ताव दर्ता हुने बताएएका छन्।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले संविधान संशोधन प्रक्रिया अघि बढाउन दलहरुबीच छलफल भइरहेको र सबै दल सकारात्मक रहेको बताए।

संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहयोगको अपेक्षा गर्दै उनले भने– “संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि हामी सबै दलको महत्वपूर्ण जिम्मेवारी छ ।”

मुलुकमा विद्यमान समस्या समाधानका लागि विशेषगरी काँग्रेस, एमाले र माओवादी मिल्नु जरुरी छ, उनले भने। मन्त्री केसीले संविधानप्रति असन्तुष्ट दलका भावनालाई सम्बोधन गर्ने उद्देश्यले सरकारले द्रुत गतिमा काम गरिरहेको जानकारी दिँदै असहमतिका स्वरलाई पनि सम्बोधन गर्नुर्नेमा जोड दिए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नको लागि सबै दलहरु मिल्नुको विकल्प नभएको बताउँदै उनले भने–‘हामी सबै अहिले एउटै डुङ्गामा छौंँ, डुबे सबै डुब्छौंँ, त्यसैले सबै पक्ष गम्भीर हुनु जरुरी छ ।’

अर्काे प्रसङ्गमा उनले भूकम्पपीडितलाई पहिलो किस्ता बापत रु चार लाख वितरण गरिसकिएको बताउँदै दोस्रो किस्ताका लागि पनि पीडितसँग स्थलगत अध्ययनपछि सरकारले निर्णय लिने जानकारी दिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...