दसैंमा मापसे गर्ने २० प्रहरी कारबाहीमा

दाङ ३० असोज ।

सैंमा मापसे, अनुशासनहीन र ड्युटीमा नबस्ने २० जना प्रहरी विभागीय कारवाहीमा परेका छन् ।

रोल्पामा कार्यरत उनीहरुमध्ये दुईजनालाई सशक्त चेतावनी दिइएको छ भने १४ जना नसिहतमा परेका छन् ।

प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार तीनजनाको तलब बृद्धि रोक्का गर्नुको साथै एकजनालाई निलम्बनमा परेका छन् ।

प्रहरी कर्मचारीलाई सेवाप्रति जवाफदेही बनाउन तथा असल काम गर्नेलाई प्रोत्साहन गर्न र खराब काम गर्नेलाई दण्डित गर्ने व्यवस्थालाई कडाइका साथ पालना गर्ने जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

जिल्लामा ६०६ जना प्रहरी कर्मचारीको दरबन्दी रहेपनि ३८२ जनामात्र कार्यरत रहेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...