पोखरीमा डुबेर २४ वर्षीय युवकको मृत्यु

काठमाडौं,१८ असोज ।

सिरहाको इटर्वामा पोखरीमा डुबेर सोमबार साँझ एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटर्वा–७ निवासी २४ वर्षीय अनुज यादव रहेको प्रहरीले जनाएको छ । घरनजिकै रहेको पोखरीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

यस्तै, सिरहाको सुखीपुर नगरपालिका–९ निवासी ७० वर्षीया डोमी साहको अचानक लडेर मृत्यु भएको छ ।

लहान नगरपालिका– १४ भिसा टोलस्थित सुरेश चौधरीको खेतमा काम सकेर सोमबार घर फर्किनेक्रममा अचानक लडेर साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...