संविधान सबैलाइ मान्य हुनुपर्छ : माओवादी नेता श्रेष्ठ
महोत्तरी, २८ असोज ।
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संविधानलाई सर्वस्वीकार्य बनाउन यसमा परिमार्जनको आवश्यकता रहेको बताएका छन्।
दशैं, तिहार, छठ र मोहर्रम पर्व –२०७३ को उपलक्ष्यमा नेकपा (माओवादी केन्द्र) नगर समिति बर्दिवासले शुक्रबार वर्दिवासमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने "असन्तुष्ट पक्षको मागलाई सम्बोधन हुनेगरी संविधानलाई संशोधन गर्नु आवश्यक रहेको छ।"
नेता श्रेष्ठले विश्वको संविधान भन्दा नेपालको संविधान मौलिक अधिकारको सवालमा उत्कृष्ठ रहेको बताउँदै ‘उत्पीडित वर्गको केही अधिकार र माग छुटेको छ, त्यसको सम्बोधनका लागि संविधान परिमार्जन आवश्यकता छ, यो भए मात्र संविधानलाई सर्वोत्कृष्ट भन्न मिल्छ’ भने ।
संविधानमा नागरिकताको सवालमा कुनै विवाद छैन् भन्दै उनले विश्वका कुनै पनि देशमा अङ्गिकृत नागरिकता लिएको व्यक्ति देशको उच्च पदमा जान पाउनुपर्ने व्यवस्था नभएको बताए ।
प्रतिकृया दिनुहोस्
Loading...