मुमाराम खनाल पछि नयाँशक्ति छाड्ने तयारीमा रामेश्वर खनाल

डा.बाबुराम भट्राई नेतृत्वको नयाँ शक्ति नेपालका नेता तथा आर्थिक विभाग संयोजक रामेश्वर खनाल नयाँ शक्ति छाड्ने मुडमा देखिएका छन् । 

नयाँ शक्ति नेपाल पार्टीका नेता रहेका मुमाराम खनालले नयाँ शक्ति छाडेको एक हप्ता वित्न नपाउँदै नयाँ शक्तिका अर्का चर्चित अनुहार खानालले पनि नयाँ शक्तिबाट विदा हुने तरखरमा छन् ।

पूर्व माओवादी पृष्ठभुमी भएका नेता कार्यकर्ताको उपेक्षाको पात्र बन्नु भन्दा अलग हुने बेश रहेको भन्दै खनालले नयाँ शक्तिका संयोजक डा बाबुराम भट्राईसँग कुरा राखिसेको स्रोतले बताएको छ । 

उनले सोचो जस्तो ढंगले नयाँ शक्ति अगाडी बढ्न नसकेको र कतिपय नेताहरुले अवकाश प्राप्तहरु पार्टी बनाउन भन्दा अवशर खोज्न आएको भन्दै सँधै छेड हान्ने गरेको भन्दै यस्तो उपेक्षा आफु सँधै सहेर बस्न नसक्ने जनाकारी संयोजक भट्राईलाई गराएका हुन ।

गत साउन देखि यता उनी निश्क्रिय जस्तै रहेका छन् । प्रजातान्त्रिक विचार राख्नेहरुका लागि नयाँ शक्ति उपयुक्त पार्टी नरहेको बताउने गरेको स्रोतको भनाई रहेको छ ।

यस अघि मुुमाराम खनालले पनि नयाँशक्ति पुर्वमाओवादीको पार्टी बनेको , नयाँ शक्ति नयाँ विचार सहित नयाँ बन्न नसकेको भन्दै असोज २१ गते नयाँ शक्ति परित्याग गरिसकेका छन् ।

संयोजक भट्राईले भने नयाँ शक्ति पाँच ‘स’को सिन्द्धान्तमा अडिग रहेको र राष्ट्रको संबृद्धि नै नयाँ शक्तिको मुख्य उदेश्य भएको भन्दै व्यक्तिगत मनमुटावलाई आधार बनाएर पार्टी परित्याग नर्गन र नयाँ शक्ति निर्माण अभियानबाट पछि नहट्न आग्रह गरेका छन् । तर उनीभने रोकिने मुडमा नरहेको स्रोतले बताएको छ । 

लामो समय सरकारी सेवामा रहेका खनालको राजनीतिक पृष्ठभुमि नेपाली कांग्रेस हो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...