ग्यास चुहिएर घाइते भएका युवकको मृत्यु

गौशाला, २ कात्तिक ।

महोत्तरीको मटिहानी गाविसमा ग्यास चुहिएर शरीर जली गम्भीर घाइते भएका मटिहानी गाविस– ५ बस्ने रामनारायण मण्डलका छोरा २८ वर्षीय लव रहेको परिवारजनले जनाएका छन् । 

बडादशैंको नवमीमा राति छिमेकीको ग्यास चुल्हामा समस्या भएकाले बनाउन गएका लवकोे ग्यास चुहिएर शरीर जली गम्भीर घाइते भएका थिए । 

घाइते लवलाई उपचार लागि काठमाडौँंस्थित कीर्तिपुर अस्पतालमा लगिएमा आज उनको उपचारका क्रममा मृत्यु भएको छिमेकी कामेश्वर ठाकुरले बताए । 

सो घटनामा लवसहित चार जना घाइते भएका थिए । बाँकी तीन जनाको उपचार भइरहेको छिमेकी ठाकुरले बताए

, , ,

प्रतिकृया दिनुहोस्

Loading...