संसद वैठकद्वारा निर्वाचनसम्बन्धी तीन विधेयक पेस
काठमाडौँ, १८ असोज ।
व्यवस्थापिका–संसद्मा निर्वाचनसम्बन्धी तीन विधेयक आज पेस भएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’, ‘मतदाता नामावली सम्बन्धी विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक, २०७३’ पेस गरे ।
कानुनका अभावमा स्थानीय, प्रान्तीय तथा केन्द्रको निर्वाचन गर्न सम्भव नहुने भएपछि गृह मन्त्रालयले निर्वाचनसँग जोडिएको विधेयक प्रस्तुत गरेको हो ।
ती विधेयक पारित भएपछि निर्वाचन आयोगलाई निर्वाचन तयारीका लागि आवश्यक मार्ग प्रशस्त हुने विश्वास लिइएको छ । यसअघि ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक, २०७३’ माथि सांसद प्रेम सुवाल, अनुराधा थापा मगर र डिल्लीप्रसाद काफ्लेले संयुक्त रुपमा प्रस्तुत गएको विरोधको सूचनालाई सदनको बहुमतले अस्वीकृत गरेको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...