खस्कियो वीरगन्जको कारोबार

काठमाडौँ २९ असोज ।

वीरगन्जको मुख्य बजार क्षेत्रमा दुई दशकदेखि कपडा पसल गर्दे आएका विशाल शर्माले यस वर्षको दसैंको सिजनमा दैनिक ७ देखि १२ हजार रुपैयाको मात्र कारोबार गरे । यो कारोबार बिगतका दसैंका तुलनामा आधाभन्दा कम हो ।

‘पहिले एउटै ग्राहकले १०,१२ हजार रुपैयाको कपडा खरिद गर्थे,’उनले भने,‘यसपालि त दिनभरिमा पनि विगतको एउटै ग्राहक बराबरको कारोबार पनि भएन।’

शर्माका अनुसार दसैंको किनमेलका लागि अघिल्ला बर्षसम्म हेटौंडा,नारायणगढ,निजगढ,पथलैया लगायत सहरबाट आउने ग्राहक यसपालि देखा परेनन् ।

‘वीरगन्जकै अधिकांस पुराना ग्राहकसमेत किनमेल गर्न आएनन्,’उनले भने,‘दसैंको व्यापार चौपट भयो ।’आजको कान्तिपुरमा खबर छापिएको छ ।

लमो समयदेखि महावीरस्थानमा कार्पेट र पर्दाको व्यापार गर्दे आएका नवनीत अग्रवालका अनुसार यसपालिको दसैंमा हालसम्मकै कम कारोबार भयो । 

पछिल्लो एक दशकमा तीन पटक भएको मधेस आन्दोलनले वीरगन्जको दसैंबजार रौनकविहीन बन्दै गएको उनको अनुभव छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...