१० किलोमिटर सडक मर्मत गर्न ७२ लाख खर्च !

म्याग्दी, २६ असोज ।

म्याग्दीको पोखरेबगरदेखि चित्र जोड्ने सडक मर्मतका लागि रु ७२ लाख खर्च भएको छ । 

पर्यटकीय स्थल घोडेपानी जोड्ने उक्त सडक सुधारका लागि जिल्ला विकास समितिले गत आर्थिक वर्षमा सडक बोर्डअन्तर्गतको दुई, जिविस अनुदान र गाविसको संयुक्त लगानीबाट एक वटा योजना सञ्चालन भएको थियो ।

जिल्लाकै जोखिमयुक्त र कष्टकर मानिने १० किलोमिटर दूरीको उक्त सडक मर्मत पछि सुधार भएको हो । 

विभिन्न प्याकेजमा सडक फराकिलो पार्ने, नाली बनाउने, ग्रेड मिलाउने, सोलिङ गर्ने र ग्याबिन पर्खाल लगाउनलगायतका काम गरिएको जिविसका प्राविधिक कमल चोखालले बताए ।

, , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...