स्थानीय निकायको चुनावमा काँग्रेस पहिलो पार्टी बन्छ: कँडेल

नवलपरासी ३० असोज ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले अगामी स्थानीय निकाय चुनावमा पार्टीलाई पहिलो बनाउने गरी तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस बर्दघाट नगर कार्य समितिले शनिबार बर्दघाटमा आयोजना गरेको चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कँडेलले साे कुरा बताएका हुन् ।

नगर सभापति शम्भुलाल श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता बिक्रम खनाल , महासमिति सदस्य लाल बहादुर गुरुङ्ग, जिल्ला सचिव बिक्रम यादव, जिल्ला सदस्यहरु कुलदिप आचार्य, विश्व प्रेम पाठक , महिला संघ नवलपरासीकी सभापति कमला तिवारी , दलित संघका जिल्ला सभापति गणेश बिक, तरुण दलका नगर सभापति कमल थापा, नेवी संघका ईकाई सभापति किशोर गैरे, नगर सचिव पोषचन्द्र देवकोटा लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमवाट विभिन्न पार्टी परित्याग गरि केही ब्यक्तिहरु कांग्रेशमा प्रवेश गरेको नगर सभापति शम्भुलाल श्रेष्ठले जानकारी दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...