सडक सुबिदा नहुँदा उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता

पर्वत, २६ असोज ।

यातायात असुविधाका कारण छिमेकी जिल्ला बागलुङकी एक महिलालाई उपचारका लागि हेलिकप्टर प्रयोग गरी पोखरा लगिएको छ ।

दक्षिण बागलुङको जैदी गाविस–३ रोहटेकी जमुना चालिसेलाई आज श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टर चार्टर गरी पोखरा लगिएको हो ।

सडक सुविधा नभएको उक्त गाउँमा प्रभु एयरलाइन्सको हेलिकप्टरमार्फत एक लाख खर्चिएर उनलाई उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा लगिएको हो ।

सडक सुविधा नभएका कारण उक्त गाविसका बासिन्दा अहिले पनि बिरामी हुँदा हेलिकप्टरमा लाखौँ खर्च गर्न बाध्य भएका छन् ।

चालिसेका परिवारले पनि ऋण काढेर हेलिकप्टर चार्टर गरेको स्थानीय बलभद्र चालिसेले जानकारी दिए ।

सडक यातायातको सुविधा लिन घन्टौँ हिँड्नुपर्ने बाध्यता रहेका गाउँलेले बिरामी पर्दा हैरानी व्यहोर्दै आएका छन् ।

केही दिन अगाडि छिमेकी गाविस छिस्तीका टीकानिधि उपाध्याय बिरामी परेपछि उपचारका लागि उनलाई पनि हेलिकप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो ।

, , , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...