मासु खाँदा मानिसमा के-के सर्छन् ? खतरानाक रोगहरु जानी राखाैँ




तपाईँ हामीले मासु त खाइरहेकै हुन्छौँ । अझ शुभ कार्य र खुशीयाली र रमाईलो जमघटमा मासु नभई नहुने जस्तै भइसकेको छ । तर हामीलाई जानकारी हुँदैन कि मासुबाट के फाइदा हुन्छ र के बेफाइदा हुन्छ ।

मासुलाई कसरी खाने र त्यसबाट लाग्ने रोगबारे जानकारी लागि यो सामाग्री पढ्नु होला ।

चिकित्सकका अनुसार मासुबाट मानिसको शरीरमा परजीवी रोगहरु टेनियासिस्, हाइडाटिडोसिस्, सिस्टिसकौसिस्, ट्राइचुनेलोसिस्, इकानोकोकोसिस् र नाम्ले जुका जस्ता रोगहरु देखा पर्दछन् ।

चिन्ता नलिनु होला यी सबै संक्रमण पशुको काँचो मासु र अन्य संक्रमित काँचो मासुका परिकारबाट सर्ने गर्दछन् । मासुलाई रोम्रोसँग पकाएर, सफासँग बध गरेकामा यी रोगहरु सर्ने कमै सम्भाना हुन्छ ।

त्यस्तै बिषाणुजन्य रोगहरुमा बर्डफ्लु, खोरँत र रानिखेत पर्छन् भने जीवाणुजन्य रोगहरुमा एन्थ्राकस, बुस्रेलोसिस्, बोभाइन एण्ड एभिएम ट्यूवरकुलोसिस्, टाइफाइड फिवर, लेप्टोस्सपाइरोसिस्, स्ट्रेप्टोकोकोसिस्, स्टेफाइलोकोकोसिस् पनि सर्न सक्छन् । 

प्रोटोजोवाजन्य रोगहरुमा भने टोकोसोप्लाज्मासिस्, जियाडियोसिस्, अमिबियोसिस्, लान्टिडियोसिस् आदि रोग सर्ने सम्भावना अत्याधिक हुन्छ । यी बाहेक मासुजन्य पदार्थकै कारण दाद र लुतो पनि हुने संभावना हुन्छ ।

मासु किन्दा ध्यान दिनु पर्ने कुराहरु

बध गरेको अवस्थामै मासु किनेर ल्याउँदा पनि त्यसलाई ३÷४ घण्टा डिपफ्रिजमा राखेर राम्ररी पकाउनु पर्छ । डिपफ्रिज छैन भने मनतातो पानीमा पखालेर मात्र पकाउनु राम्रो हुन्छ ।

मासु पसल शिसा राखेको, डिपफ्रिजको व्यवस्था तथा सकभर विजुलिवत्तिको वैकल्पिक व्यवस्था भएको, भेन्टिलेटर तथा धुलोरहित र अन्य घरपालुवा जनावरको सम्पर्करहित हुनुपर्छ ।

कुखुराको मासु किन्दा छाला निकालेर, कलेजो, फोक्सो, मलद्धारनली र अन्ननली फ्यालेर किन्नुपर्छ । 

यसो गर्दा छालामा डिपोजिट भएर बस्ने भ्याक्सिन, कलेजोमा डिपोजिट भएर बस्ने एन्टिबायोटिक तथा यसमा रासायनिक प्रतिक्रिया भएर बन्ने केमिकलको हानिवाट जोगिन सकिन्छ । त्यस्तै अन्ननली र मलद्धारनलीमा रहने व्याक्टेरियाको संक्रमणबाट बँच्न सकिन्छ ।

मासु किनेर खुल्ला नराख्नु उत्तम हुन्छ । उपलब्ध भए डिपफ्रिजमा राख्ने वा आगोको छेउछाउमा ठूलो भाँडोमा छोपेर राख्नुपर्छ ।

यदि राँगा, सुँगुर तथा वंगुरको मासु किन्ने हो भने सेतो र चम्किलो फोकाजस्तो मासुमा देखिएमा त्यस्तो मासुमा परिपक्व टेनिया सिस्ट हुनसक्छ । 

यसको सेवनवाट सिस्टीसाकोसिस (दिमागमा जुका पर्ने) रोग लाग्न सक्छ । यो रोग छारेरोगसँग मिल्दोजुल्दो हुन्छ ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...