अमेरिकी सेना नेपाल आयो, भक्तपुरमा सयुक्त सैन्य अभ्यास सुरु















काठमाडौँ ३० असोज ।

नेपाली सेना र अमेरिकी सेना बीचको सैन्य अभ्यास भक्तपुरमा सुरु भएको छ । 

नेपाली सेनाको तालिम शिविर नगरकोटमा आइतबार सुरु भएको अभ्यास मंसिर ९ गतेसम्म चल्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

अमेरिकी सेनाको बी कम्पनी फस्ट बटालियन, फस्ट स्पेशल फोर्स ग्रुप र नेपाली सेनाको महावीर गण (रेन्जर) बीच ब्यालेन्स नेल सैन्य अभ्यास सुरु भएको हो ।

उक्त अभ्यासमा विभिन्न सैनिक युद्धकला लगायत अन्तराष्ट्रिय मानवीय कानुन, मानव अधिकार लगायत विषयमा समेत छलफल हुनेछ ।

अभ्यासमा सहभागी हुन असोज २७ मा अमेरिकी टोली काठमाडौ आएको थियो । 

अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदान प्रदान गर्न सहयोग पुग्ने निर्देशनालयले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...