प्रधानमन्त्री प्रचण्ड एकाएक अस्वस्थ, आराम गर्न डाक्टरको सुझाब


  • काठमाडौँ २४ असोज ।

दसैंको मुखैमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । 

चिसोका कारण प्रधानमन्त्रीलाई रुघाखोकी लाग्नुका साथै ज्वरो आएको पारिवारिक स्रोतले जनाएको छ । चिकित्सकले प्रधानमन्त्रीलाई आराम गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री बालुवाटारको सरकारी निवासभित्रै आराम गरेर बसेको स्रोतले जानकारी दिएको छ । 

प्रधानमन्त्री तीन दिनदेखि अस्वस्थ भएको स्रोतले बतायो । स्वास्थ्यमा खराबी आएपछि बाहिर भेटघाट बन्द गरिएको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...