झापामा सवारी दुर्घटना, २ को मृत्यु

झापा २८ असोज ।

झापामा वेग्लावेग्लै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार राति गौरीगञ्ज-पाडाजुँगी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो भने लक्ष्मीपुरमा अज्ञात सवारी साधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट मृत्यु हुनेमा लखनपुर-१ का ५९ वर्षीय खड्ग केसी छन् । उनलाई गौरीगञ्जबाट पाँडाजुगीतर्फ जाँदै गरेको मे ७ प ६४६५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटनापछि गम्भिर बनेका केसीको दमकको लाइफलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

त्यस्तै, अज्ञात सवारी साधनको ठक्करबाट कनकाई नगरपालिका, लक्ष्मीपुरकी ५० वर्षीय उदाँगी राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीको गस्ती टोलीले बिहीबार राति मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनलाई ठक्कर दिने सवारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

, , , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...