दशैंमा राष्ट्रपतिको शुभकामना, चाडपर्वले एकता कायम राखोस
- काठमाडौं २५ असोज ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादशैं, तिहार,नेपाल सम्वत् र छठका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छिन् ।
राष्ट्रपतिले मंगलबार दिएको सन्देशमा हाम्रा चाडपर्वहरू अनेकतामा एकता तथा सबै जातजाति र धर्मावलम्बीको साझा फूलबारीका प्रतीकका रुपमा रहेको बताएकी छिन् ।
नेपालको संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवम् सामाजिक उपलब्धिको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न सबैलाई सकारात्मक सोच राखी सत्विचार र सत्व्यवहारमा अग्रसर हुन पनि राष्ट्रपतिले आग्रह गरेकी छिन् ।
हाम्रा चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको राष्ट्रपतिको भनाइ छ ।
प्रतिकृया दिनुहोस्
Loading...