कांग्रेस नेताको डेराबाट लाखौको चोरी

काठमाडौं ३० असोज ।

कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवको डेरामा चोरी भएको छ । दशैंमा जिल्ला गएका बेला बानेश्वर शान्तिनगरस्थित उनको डेराबाट करिब तीन लाख रुपैयाँबराबरको धनमाल चोरी भएको हो ।

ढोका फुटाएर तीन चोला सुन, एउटा ल्यापटप, एउटा क्यामेरा र ८५ हजार नगद चोरी भएको नेता यादवले बताए । महानगरीय प्रहरी वत्त नयाँ वानेश्वरले अनुसन्धान सुरु गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

दशैंका बेला राजधानीमा एक दर्जनभन्दा धेरै स्थानमा चोरी भएका घटना प्रहरीमा उजुरी भइसकेका छन् । दशैंमा धेरैजसो घरमा कोही नहुने भएकाले चोरहरुले ढोका फुटाएर चोर्दे आएका छन् ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...