लोकमान प्रकरणले माओवादी केन्द्रमा बबण्डर, प्रभाकरको विरुद्ध शक्ती बस्नेत

काठमाडौँ ६ कात्तिक।

नेपालको राजनीतिक सरगर्मी अहिले विवादित छबि बनाएका लोकमानसिंह कार्की प्रकरणले तातेको छ । संसदमा कार्की विरुद्ध महाअभियोगको कुरा उठेपछि नेपाली राजनीतिक मंच निकै तातेको हो ।

लोकमान प्रकरणले नेपाली राजनीतिलाई यति सम्म तरंगित गरिदियो कि एमाले अध्यक्ष केपी शर्मा ओली र सभामुख ओनसरी घर्तीमगरले पूर्वनिर्धारित विदेश भ्रमण स्थगित गर्नुपर्यो । मानौ उनि यो लोकका सबै भन्दा शक्तिशाली पात्र हुन् जसका कारण नेपालका पूर्व प्रधानमन्त्री र सभामुख सम्मको विदेश भ्रमण समेत स्थगित भयो ।

यति मात्र हैन प्रधानमन्त्री प्रचण्डले आफ्ना सबै भेटघाट र अनौपचारिक कार्यक्रमलाई स्थगित गरेर लोकमानकै लागी जुनसुकै बेला जहाँपनि जानेसक्ने र महाअभियोगबारे उच्च तहमा हुने छलफलको लागि आफूलाई तयारी अवस्थामा राख्नु परेको छ ।

देश भित्रको राजनीतिक माहोल मात्र हैन भारतले लोकमानलाइ लगाइने महाअभियोग रोक्न नेपाल भित्र रहेका आफ्ना सबै निकायलाई परिचालन गरेको छ ।

नेपाली काँग्रेस, एमाले र अन्य पार्टीका नेताहरुबीच पनि लोकमान प्रकरणकै कारण पानी बाराबारको अबस्था सिर्जना भएको छ । सबै भन्दा बढी महाअभियोगले माओवादी महा हलचल मच्चाएको छ ।

युद्धकालमा एक अर्काका सारथी बनेका पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत प्रभाकरलाई कार्वाहीको माग गर्दै पार्टी अध्यक्षलाई घेराबन्दी गरिरहेका छन् । 

माओवादी स्रोतका अनुसार बस्नेतले तल्लो तहका नेताहरु र सांसदहरुलाई महाअभियोगको विपक्षमा बोल्न लगाइरहेका छन् । संसदीय दलको बैठकमा पनि बस्नेतले विरोधको अगुवाइ गरेका थिए ।

प्रभाकर निटक नेताका अनुसार बस्नेतले महाअभियोगबारे भारतीय टोलीसँग दुई पटकसम्म भेटिसकेका छन् । ‘सुरेश कमरेडले कार्कीलाई ठिक हो भनेर यसो गर्नुभएको जस्तो लागेको छैन । 

किन लोकमानको पक्षमा लागिरहनु भएको छ, बुझेका छैनौँ’ प्रभाकर निकट एक नेताले अनलइन डबलीसँग भने । उनका अनुसार बस्नेतको नेतृत्वको टोलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर कटवाल प्रकरण जस्तै हुने भन्दै महाअभियोगबाट पछि हट्नुपर्ने बताउँदै आएका छन् ।

उता प्रभाकर भने महाअभियोगको पक्षमा अन्य पार्टीको समर्थन जुटाएर लोकमानलाई कार्वाही गर्नुपर्ने पक्षमा छन् ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...