माअाेवादी केन्द्रले महाअभियोगबारे निर्णय लिन सकेन, शर्मा र शाहीलाई कार्वाही पनि भएन

काठमाडौँ ६ कात्तिक।

माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगबारे निर्णय लिन सकेन ।

शनिबार प्रचण्ड निवास बालुवाटारमा बसेको हेडक्वाटर बैठकले अन्य राजनीतिक पार्टीसँग छलफल गरेर अघि बढ्ने वा पछि हट्ने भन्ने निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई दिएको प्रबक्ता पम्फा भुसालले जानकारी दिएकी छन् ।

यसैबीच पार्टीसँग छलफल नै नगरी महाअभियोग प्रस्ताव दर्ता गराएको भन्दै नेता प्रभाकर र महेन्द्रबहादुर शाहीलाई गर्ने भनिएको कार्वाहीको विषयमा पनि कुनै टुंगो लागेन ।

एक पक्षले जसरी भएपनि कार्वाही गर्नुपर्ने अडानका कारण अध्यक्ष प्रचण्ड दवावमा परेका थिए भने बाहिरी वातावरणले कार्वाही गरे पार्टीको नै बद्नाम हुने भएका कारण यसबारे कुनै निर्णय नभएको बताइएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार नेता शक्तिबहादुर बस्नेत,हरिबाेल गजुरेललगायतले कारवाही हुनै पर्ने अडान राखेका थिए । 

त्यस्तै नेता कृष्णबहादुर महरा, वर्षमान पुनलगायतले कारवाही गरे पार्टीकै छबिमाथि नै प्रश्न खडा हुने भन्दै कारवाहीकाे विपक्षमा उभिएका थिए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...