बर्षाको अचम्मको बानी हाँस्दा,रुदा,नाच्दा सबै कुरामा ऐना हेर्छिन्


नायिका वर्षा राउत नेपाली चलचित्र क्षेत्रको आश लाग्दो सबैले रुचाएको नाम हो । उनले छोटो समयमा नै सिनेमामा सफलता पाएकी छिन् । 

म्युजिक भिडियोबाट चलचित्र क्षेत्रमा आएकी वर्षाको अभिनय सबैले रुचाएका छन् । दुईओटा सिनेमाबाटै उनी सबैको मनमा बसिसकेकी छिन् । 

चलचित्रमा आउनु भन्दा पहिला पनि उनले म्युजिक भिडियोबाट दर्शकको साथ र माया चाखी सकेकी छिन् । बर्षाले विकास आचार्यद्धारा निर्देशित चलचित्र नाई नभन्नु ल ४ बाट सिनेमामा ब्रेक लिएकी हुन् । 

कात्तिक २६ गते रिलिज मिति तोकेको चलचित्र जात्रा वर्षाको तेश्रो चलचित्र हो भने छक्का पञ्जा दोस्रो । दर्शक,श्रोता तथा चलचित्र निर्देशक अनि निर्माता देखि कलाकार सबैले वर्षाको अभिनयको बारेमा राम्रो प्रतिक्रिया दिएका छन् । 

आज हामीले आजको अन्तर्वार्ता अन्तर्गत तिनै वर्षाको बाल्यकालदेखी अहिले सम्मको चलचित्र यात्राको बारेमा कुराकानी गरेका छौँ ।

आरामै हुनुहुन्छ ?
सन्चै छु ।

हैन कति राम्री बन्नुभएको हो ?
दर्शकको मायाले गर्दा यस्तो भएको हो ।

हाम्रो पनि माया गर्ने मान्छे छन्नी श्रीमाती देखि साली सम्म खै राम्रो भएको ?
दर्शक र श्रीमतीको माया अर्कै हुन्छनी त त्यही भएर तपाई अर्कै राम्रो म अर्के राम्री छुनीत ।

के खासमा फेयरलब्ली खाने हो ?
झन त्यो खान नहुने कुरा हो । खाना,फलफुल खानुपर्छ अनि मात्र राम्रो हुन्छ ।

जात्रा तपाईको खासमा कति औ चलचित्र हो ?
जात्रा मेरो तेश्रो चलचित्र हो । पहिलो चलचित्र ‘नाई नभन्नु ४’ पछि ‘छक्का पन्जा’ हो । रमाईलो चलचित्र थियो ‘छक्का पन्जा’ सबैले राम्रो प्रतिक्रिया दिनुभयो ।

अनि ‘जात्रा’मा चै हाँस्नु पर्ने की रुनु पर्ने हो ?
‘छक्का पन्जा’ मा जस्तै हसाउनेचै छैन ‘जात्रा’ तर हँसाउने र रुवाउने बराबरनै कथा भएको चलचित्र हो । एकदम मसालेदार चलचित्र बनेको छ ।

त्यो भन्दा पहिला के गर्नुहुन्थ्यो ?
म चलचित्र क्षेत्रमा आउनु भन्दा पहिला मोडलिङ्ग गर्थे ।

त्यो भन्दा पहिला ?
त्यो भन्दा पहिला त बच्चानै थिए स्कुलमा पढ्दै थिएँ ।

तपाईको घर कता हो ?
पुर्खेली घर सिन्धुली हो । मेरो जन्म काठमाडौमा नै भएको हो । अहिले बसाई काठमाडौमानै छ ।

घर परिवारमा कति जना हुनुहुन्छ ?
हाम्रो परिवारमा म संग ५ जना छौँ । म परिवारको एक्लो छोरी हुँ । मेरो दुई जना भाई छन् । बुवा ब्यापार गर्नुहुन्छ । आमा घरकै काममा व्यस्त हुनुहुन्छ ।

धेरै छ क्या हो बुवाको व्यवसाय ?
धेरै त भन्न मिल्दैन काठमाडौमा जीवनको चलाउन सक्ने चै छ ।

विवाहको तयारी हुदै छरे के हो ?
कुरा सुन्नु राम्रो हो तर भन्नु गलत हो मेरो बारेमा मलाईनै थाहा नभएको कुरा मैल कसरी हो भन्ने । अहिले मेरो विवाहको कुनै पनि योजना छैन ।

लभ परेको चै साच्चीनै हो ?
त्यो चै हुन सक्छ ।

‘जात्रा’ मा तपाईको भुमिका कस्तो छ ?
‘जात्रा’ मा म छुच्ची श्रीमतीको भुमिकामा छु ।

गलफ्रेण्डले मात्र हो माया गर्ने त श्रीमती त सबैको छुच्ची हुन्छन् ?
सायद होला की मलाई त्यो विषयमा खासै थाहा भएन । तर म चलचित्रमा पैसा जोगाउने छुच्ची श्रीमतीको भुमिकामा छु । घर चलाउनु पर्छ अनि सबै पैसा खर्च गरेर के गर्नु ।

बाल्यकालमा खुशी कसरी मनाउनु हन्थ्यो ?
बाल्यकालमा सबै खुशी नै हुन्छन् तर म बाल्यकालमा खुशी हुँदा ऐना हेर्ने र नाच्ने बानी थियो । रुँदा पनि ऐना,हास्दा पनि ऐना हेर्ने बानी थियो । ऐना म धेरै हेर्छु ।

जीवनको सबै भन्दा पहिलो खुशी के थियो ?
मेरो पहिलो खुशी कक्षा ८ मा फस्ट डिभिजन आउनु थियो । अनि ‘नाई नभन्नु ल ४’ चलचित्रबाट प्रस्ताव आउँदा पनि खुशी लागेको थियो । 

किन कि मेरो चलचित्र क्षेत्रको सुरुवाती थियो त्यो चलचित्र । अनि जस्तो रोल भए पनि चलचित्रमा अभिनय गर्छु भन्ने सोचेको थिएँ । तर राम्रो रोल पाएँ ,दर्शकको साथ पनि राम्रो पाए खुशी लागेको छ ।

मामाको घर कतिको जानुहुन्छ ?
म मामाको घर एकदमै कम जान्छु । अनि जाँदा पैसा दिनुहुन्छ खुशी लाग्छ ।

तपाईलाई मनपर्ने चाडपर्व ?
तिहार र होली मनपर्छ ।

दुखी भएको बेलामा कसरी खुशी बन्नु हुन्छ ?
दुखी भएको बेलामा म साथीहरुसंग घुम्न जान्छु । तर मन दुखेको केही दिनमानै बिर्षने बानी छ मेरो ।

सुन्दा खुशी लाग्ने गीत कुन हो ?
मलाई चलचित्र ‘छक्का पन्जा’को सुनन चम्पा बोलको गीत मनपर्छ ।

खुशी बनाउने सिनेमा ?
म साउथ इन्डियन सिनेमा धेरै हेर्छु । सबै सिनेमाहरु मनपर्छ । मलाई स्लो सिनेमा मनपर्देन ।

अनि घुम्नलाई कतिको मनपर्छ ?
एकदमै मनपर्छ । मलाई मुस्ताङ जाने रहर छ । सिनेमा बाहिरको साथीहरुसंग घुम्न जाने हाम्रो योजना छ ।

डेटिङ जाँदाको रमाईलो कुरा के छ ?
डेटिङ जादा मलाई मिठो खाना खानु पर्छ । अरु लेज,चिप्सहरु खाएर हुन्न मलाई खानानै चाहिन्छ ।

ज्यान धेरै मोटो भयो भन्ने कुरा पनि आईरहेको छनी ?
ज्यान मोटाएको नै हो म त्यो कुरा मान्छु । घटाउने क्रम पनि जारीनै छ ।

जिरो फिगर के—के भन्ने कुरा पनि छनी ?
जिरो फिगर त होईन आफू अहिले भएको भन्दा अलि कम तौल बनाउने योजनामा छु ।

काम प्रति कत्तिको खुशी हुनुहुन्छ ?
कलाकारीता मात्र मेरो काम भएको भए मलाई गाह्रो हुन्थ्यो होला । तर म अबको केही समयमानै कफी सप खोल्ने तयारीमा पनि छु । 

त्यसैले पनि म कलाकारीता क्षेत्रमा खुशी छु । अब कलाकारीता बाटनै राम्रो हुन्छ भन्ने छैन । त्यसैले हामीले पनि अर्काे काम गर्न जरुरी छ जस्तो लाग्छ मलाई ।

सबै भन्दा मिठो के बनाउनु हुन्छ ?
मलाई कुखुराको मासु बनाउन आउँछ ।

यात्रा गर्न कतिको रुचाउनु हुन्छ ?
यात्रा मलाई एकदमै मनपर्छ । सार्वजनिक भन्दा पनि आफ्नै सवारी साधनमा हिड्न रुचाउँछु ।

अहिले सम्म कहाँ—कहाँ जानु भयो ?
पोखरा ,शिवपुरी गएको छु । धनकुटाहिले जाने योजना छ ।

अनि अरुको जीवनमा खुशी बनाउने केही काम गर्नुभएको छ ?
त्यस्तो ठूलै उपकार त गरिएको छैन । तर म धेरै बोल्ने मान्छे हो । सबैलाई हसाउँछु । म बाहिर गएर घर आएको दिन सबैलाई थाहा हुन्छ, किन की म ठूलो स्वरमा बोल्छु ।

प्रतिकृया दिनुहोस्

Loading...