पहिरोपीडितलाई ४ लाख सहयोग
म्याग्दी, २७ असोज ।
म्याग्दीको देवीस्थानका पहिरोपीडितलाई बुधबार विभिन्न सङ्घसंस्थाले करिब चार लाख रुपैयाँ सहयोग गरेका छन् ।
देवीस्थानमा क्रियाशील सूर्यमुखी युवा क्लबको संयोजनमा पहिरोपीडित दुई परिवारलाई तीन लाख ८५ हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको हो ।
देवीस्थान–युके समाजले रु तीन लाख ३५ हजार, मोना हङकङले रु २५ हजार र मिलन म्याग्दीले उपलब्ध गराएको १५ हजार रुपैयाँ पहिरोपीडित सुनमायाँ भट्टचन र कलिमा बुढालाई हस्तान्तरण गरिएको हो ।
देवीस्थान–युके समाजबाट प्राप्त रकम दुवै परिवारलाई बराबर वितरण गरिएको थियो । गत भदौ १७ गते बस्तीमाथिबाट खसेको पहिरोमा परी सुनमायाँका पति ओमप्रसाद भट्टचनको ज्यान गएको थियो भने कलिमाको घर बगाएको थियो ।
मोना हङकङले उपलब्ध गराएको रकममध्ये रु २० हजार र मिलन म्याग्दीको नौ हजार रुपैयाँ मृतकका परिवारलाई उपलब्ध गराइएको क्लबका अध्यक्ष तारकबहादुर घर्तीले बताए।
प्रतिकृया दिनुहोस्
Loading...