लियोनल मेस्सीबारे रोचक तथ्यहरु .....


लियोनल मेस्सी, इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन् भन्दा कुनै फरक नपर्ला । धेरै मानिसहरु मेस्सीलाई आफ्नो जेनेरेशनको सर्वोकृष्ट खेलाडीको रुपमा लिने गर्छन् । हुन त उनलाई पोर्चुगल स्टाइकर क्रिस्टियानो रोनाल्डोसँग तुलना गरेर पनि हेर्ने गरिन्छ ।


उमेरले २९ वर्ष लागेका लियोन मेस्सीले क्लब तहमा रहेर सबै खाले उपाधिहरु लगभग जितिसकेका छन् । उनले बार्सिलोनामा नै रहेर आफ्नो करिअर बिताउने निर्णय समेत गरेका छन् । बार्सिलोनामा आएपछि उनले ८ वटा लिग उपाधि ४ वटा कोपा डेल रे, ७ वटा सुपर कोपा डे इस्पानिया, ४ वटा च्याम्पियन्स लिग, तीन वटा युइएफए सुपर कप र तीन वटा फिफा क्बल वल्र्ड कप उपाधि जितेका छन् । उनको नाममा ३९ वटा रेकर्ड दर्ता छन् । स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल खेल्दै आइरहेका मेस्सीबारे रोचक तथ्यहरु जसबारे कमैलाई थाहा छ ।


१. लियोनल मेस्सीको जन्म सन् १९८७ को जुन २४ मा अर्जेन्टिनाको रारियो क्षेत्रमा भएको थियो । ११ वर्षको कलिलो उमेरमा उनको डाइगनोसिस गरिएको थियो । उनमा उचाइ नबढ्ने समस्या देखिएको थियो । हर्मन डिफिसेन्सी सिन्ड्रोमबाट उनी ग्रसित थिए । उनको उपचारका लागि प्रत्येक महिना ९०० डलर खर्च आवश्यक पथ्र्यो जुन उनको परिवारले जुटाउन सकिरहेको थिएन ।

 तर, यस्ता समस्या र कठिनाइका बीच उनले फुटबलका कला कौशल सिक्न प्रयास गरिनै रहे । अन्ततः विश्वकै सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए । फुटबलको ट्रिक्समा माहिर मानिएका मेस्सीलाई आर्सनल जस्तै भएको मानिन्छ । एक जनाले निकै धेरै खेलाडीहरुलाई छलाएर गोल हान्न सक्ने खुबी उनीमा थियो र उनले विभिन्न खेलमा प्रमाणित समेत गरेका छन् ।


२.सायद कमैलाई थाहा छ लियोनल मेस्सीको मिडल नेम पनि रहेको छ । विश्वकै सर्वोत्कृष्ट खेलाडीको मिडल नेम ‘एन्ड्रिस’ हो । यो नाम उनलाई उनको पिताले दिएका हुन् । यो नाम दिनुमा परिवारका सदस्यहरुको आफ्नै मान्यता रहेको छ । उनीहरुका अनुसार मेस्सीका पुर्वजहरु इटालियनबाट बसाइ सरेर अर्जेन्टिनाको रोसारियो क्षेत्रमा आएका थिए । मेस्सीको यस नामबारे कमैलाई थाहा छ । उनको पुरा नाम लियोनल एन्ड्रिस मेस्सी हो ।


३. लियोनल मेस्सीबारे एउटा स्ट्राइकिङ तथ्य रहेको छ । उनी विश्वकै चर्चित होचा स्टाइकरमा गनिन्छन् । उनको उचाइ १.६९ मिटर रहेको छ । उनको शरीरको उचाइ अन्य फुटबल खेलाडीहरुलाई लिएर तुलना गर्ने हो भने मेस्सीले शक्तिशाली डिफेन्सलाई कडा चुनौती दिने गरेका छन् ।

 धेरै डिफेण्डरहरु लियोनल मेस्सीलाई रोक्न एकदमै कठिन हुने बताउँछन् । फुटबललाई आफ्नो खुट्टामा राखि राख्न उनी विभिन्न ट्रिकको प्रयोग गर्छन् । अन्य खेलाडीहरुको जस्तोसुकै चुनौतीलाई पनि मात दिन उनी तयार रहेका हुन्छन् ।


उनीबाट बल खोस्न अरु खेलाडीहरुलाई हम्मेहम्मे पर्छ ।


४. लियोनल मेस्सीले आफ्नो फुटबल करिअर ‘निवेल्स ओल्ड बोएज फुटबल क्लब’ बाट सुरु गरेका हुन् । उनले सन् १९९५ देखि २००० सम्म उक्त क्लबमा रहेर फुटबल खेलेका थिए । त्यसपछि उनले फुटबल क्लब बार्सिलोनामा आवद्ध भएका थिए । निकै कलिलो उमेर बार्सिलोना क्लबमा आवद्ध भएका मेस्सीको कला कौशल देखेपछि उनको उपचार खर्च समेत व्यहोर्ने सहमतिमा उनी बार्सिलोना क्लब गएका थिए । न्यापकिन पेपरमा उनले पहिलो कन्ट्रयाक गरेका थिए ।


५. सन् २००८ मा फिफा वल्र्ड प्लेयरको लागि मनोनय हुँदा उनी २१ वर्षका थिए । तर, उनले त्यस साल भने अवार्ड जित्न सकेनन् । सबैभन्दा कलिलो उमेरमा फिफा वल्र्ड प्लेयरको लागि मनोनयन पर्ने उनी पहिलो खेलाडी थिए । त्यसपछि उनले लगातार चार वर्ष अवार्ड जितेका थिए ।


६. सन् २००९ मा लियोनल मेस्सीले पहिलो ‘फिफा वल्र्ड प्लेयर अफ दि इयर’ जितेका थिए । त्यस समय उनी २२ वर्षका थिए । उनले त्यसपछि लगातार तीन वर्षसम्म अवार्ड जिते । लगतार चार वर्षसम्म अवार्ड जित्ने उनी पहिलो खेलाडी बन्न सफल भए । धेरै फुटबल पण्डितहरुले उनलाई फुटबल जगतकै सर्वोकृष्ट खेलाडी बताएका थिए ।


७. २४ वर्षको उमेरमा उनी बार्सिलोना क्लबको सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्न सफल भए । क्लब इतिहासमा नै सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडी समेत उनी बने । उनको खेल्ने शैली र मुभमेन्टका कारण सबै फ्यानहरु प्रभावित भएका थिए । उनीमा दुवै खुट्टाले गोल गर्न सक्ने क्षमता रहेको छ । उचाइ कम भए पनि उनमा हेडिङमार्फत गोल गर्ने कला रहेको छ ।


८. स्पेनिस लिगमा सबैभन्दा सानो उमेरमा २०० गोल गर्ने उनी एक्ला खेलाडी हुन् । उनले २५ वर्षको उमेरभित्र २०० गोल गरेका थिए । उनले एउटा सिंगल क्यालेण्डर इयरमा सबैभन्दा धेरै गोल गर्दै गिनिज बुकमा नाम लेखाएका छन् । स्पेनिस लिगमा सबै प्रतिस्पर्धी क्लबहरुविरुद्ध उनले गोल गरेका छन् ।


९. लियोनल मेस्सीमात्र एक त्यस्ता खेलाडी हुन् जसले लगातार तीन वटा युरोपियन ‘गोल्डेन सुज’ अवार्ड जितेका छन् । युरोपियन लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई यो अवार्डद्धारा सम्मान गर्ने गरिन्छ ।


१०। तीन सिजन लगातार युरोपियन गोल्डेन बुट जितेका यी खेलाडीलाई इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुनभन्दा कसैको दुईमत नहुने फुटबल पण्डितहरुको भनाइ रहेको छ ।


११. लियोनल मेस्सी चार सिजन लगातार च्याम्पियन्स लिगमा टप स्कोरर रहेका छन् । युरोपका प्रतिष्ठित क्लबहरुको प्रतिष्पर्धा रहने यस लिगमा डिफेन्स उत्तिकै बलियो हुने गर्छ । त्यस्ता बलिया क्लबहरुको डिफेन्स लाइन चिर्दै उनले लगातार चार वर्षसम्म टप स्कोरर भएर देखाइदिए । लिगमा मात्र नभई च्याम्पियन्स लिगमा पाएको सफलताले पनि उनलाई विश्वकै सर्वोकृष्ट खेलाडी भएको पुष्टि गर्छ ।


१२. मेस्सीसँग दुई देशको पार्सपोर्ट रहेको छ । उनी सन् २००५ मा स्पेनको नागरिक भएका थिए ।


१३. सन् २००५ मा उनले राष्ट्रिय टोलीबाट डेब्यु गरे । तर, उनले ४७ सेकेण्डमात्र खेले । मैदान पसेको ४७ सेकेण्ड हुन नपाउँदै उनी रातो कार्ड खाँदै बाहिरिएका थिए ।



१४. सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकमा अर्जेन्टिनालाई ‘गोल्ड मेडल’ दिलाउन उनी सफल भएका थिए ।


१५. १९ नम्बरको जर्सी लगाउने मेस्सीले सन् २००८ बाट १० नम्बरको जर्सी लगाउन थाले । त्यसअघि बार्सिलोनामा १० नम्बर जर्सी लगाएर खेल्ने खेलाडी रोनाल्डिनो थिए ।


१६. स्पेनको राष्ट्रिय टोलीबाट फुटबल खेल्न मेस्सीलाई आग्रह गरिएको थियो तर उनले अस्विकार गरिदिएका थिए ।

१७. साम्बा र कम्भी जस्ता म्युजिकल जेर्नी सुन्न मेस्सीलाई अत्यन्त मनपर्छ ।


१८. कन्ट्रयाक र इण्डोर्समेन्टबाट उनले दैनिक १ लाख २८ हजार डलर कमाउने गर्छन् । १८० मिलियन अमेरिकी डलर सम्पत्तिका धनी मेस्सी फुटबल खेलाडीहरुमा दोस्रो धनी खेलाडी हुन् । पहिलो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोको २३० मिलियन अमेरिकी डलर रहेको छ ।


१९. मेस्सीले आफ्नो छोरा थियागोको नाममा खुट्टामा ट्याटु बनाएका छन् ।


२०. मेस्सी गोल गरेपछि दुवै हात उचालेर भगवानलाई धन्यवाद भन्छन् । उनी त्यसबखत आफ्नी हजुरआमालाई सम्झिने गर्छन् । उनी १० वर्षको हुँदा उनकी हजुरआमाको मृत्यु भएको थियो ।(नेपालीपत्र)

,

प्रतिकृया दिनुहोस्

Loading...