झापामा आगलागी, ५० लाख क्षति



झापा १४ कात्तिक ।

झापामा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आइतबार झापाको दमक-१९ मा तेजनाथ दाहालको एकतले घर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाले दिएको जानकारीअनुसार विहान ४ बजेदेखि लागेको आगो करिब आधा घण्टापछि दमक नगरपालिकाको दमकल, प्रहरी, सशस्त्र र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...