महाअभियोग प्रस्तावबारे प्रधानमन्त्री दाहालकै बोली बन्द भएपछि
काठमाडौँ ६ कात्तिक ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकामानसिंह कार्कीलाई पदबाट हटाउन महाअभियोग प्रस्ताव दर्ता गर्न नेतृत्व गरेको सत्तारुढ नेकपा माओवादी केन्द्र अबको प्रक्रियाबारे अलमलमा छ ।
महअभियोग प्रस्ताव दर्ताअघि कार्कीलाई कारबाही पक्षमा देखिएका माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रस्ताव दर्तापछि मौन छन् । आजको नागरिकमा खबर छापिएको छ ।
प्रस्ताव दर्ताको दुई दिन बित्दा पनि दाहालले अबको प्रक्रियाबारे जानकारी नगराएपछि दलका नेता तथा सांसदहरु पक्ष या विपक्ष कता लाग्ने भन्ने अन्योलमा छन् ।
माओवादी केन्द्रका ५० र प्रमुख प्रतिपक्ष एमालेको एक सय सात सांसदले संयुक्त रुपमा बुधबार संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।
प्रस्ताव दर्तापछि विशेषगरी सत्तारुढ ठुलो घटक नेपाली कांग्रेस र माओवादीले उक्त प्रस्तावबारे प्रष्ट धारणा बनाउन नसक्दा शुक्रबार बस्ने तय भएको संसद बैठक सुचना टाँसेर आइतबारसम्म स्थगित गरिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...