प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री निधिलाई

काठमाडौँ, ३० असोज ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ब्रिक्स–बिम्स्टेक लिडर्स आउटरिच समिट’ मा भाग लिन भारत प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्नेगरी तोकेकि छन्। 

नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री निधिलाई उक्त जिम्मेवारी तोकेको राष्ट्रपतिको कार्यालयले शनिबार राति जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...