महाअभियोगको निर्णय संसदीय दलले गर्छ–परराष्ट्रमन्त्री महत



चितवन, १३ कात्तिक ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाली काँग्रेसको संसदीय दलले अख्तियार प्रमुखमाथिको महाअभियोग विषयको टुङ्गो लगाउने बताए ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता डा महतले पार्टीको केन्द्रीय समितिले यो विषयको टुङ्गो लगाउने जिम्मा संसदीय समितिलाई दिएको बताए ।

न्यायिक प्रक्रिया अघि बढिरहेको भन्दै उहाँले यसको टुङ्गो लाग्दै गर्दा काँग्रेसले पनि निर्णय लिने उल्लेख गरे । नेपाली काँग्रेस परिपक्क पार्टी भएको भन्दै उनले न्याय र सुशासनको पक्षमा पार्टी कहिल्यै नचुक्ने बताए ।

फरक प्रशङ्गमा मन्त्री महतले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा कुनै सन्धि सम्झौता नहुने बताए । कार्यकारी तहबाट सहमति सम्झौता हुने भन्दै उनले भारतीय राष्ट्रपति संवैधानिक राष्ट्रप्रमुख भएकाले यो भ्रमण सद्भाव भ्रमण भएको स्पष्ट पारे ।

हालै मात्र भारतमा भएको दुई देशको बैठकमा नेपालका पक्षबाट महत्वपूर्ण प्रस्ताव पेस भएको भन्दै उनले भारत जान साथै केकेन दिन्छन् भन्ने भ्रमलाई चिर्दै यस पटकको बैठकमा नेपालको स्वार्थ र आवश्यकतालाई ध्यानमा राखेर कुरा अगाडि बढाएको बताए।

,

प्रतिकृया दिनुहोस्

Loading...