कांग्रेस केन्द्रीय समितिको बैठक कात्तिक ४ गते
काठमाडौँ २६ असोज ।
सत्ता साझेदार दल नेपाली काग्रेसले आगामि कात्तिक ४ गतेका लागी केन्द्रिय समितिको बैठक आह्वान गरेको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी कात्तिक ४ गते बिहान ११ बजेका लागि केन्द्रिय कार्यसमितिको बैठक बोलाएको जानकारी दिएका छन् ।
रामचन्द्र पौडेल समूहको तीब्र दबाबपछि सभापति शेरबहादुर देउवाले केन्द्रिय कार्यसमितिको बैठक बोलाएका हुन्।
पार्टी कार्यलय सानेपामा बस्ने बैठकमा सरकारको समीक्षा, पार्टीका तर्फबाट सरकारमा पठाईने राज्यमन्त्री नाम र स्थानीय निकाय पुनः संरचना लगायतका एजेन्डामाथि छलफल हुने जनाईएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...