खेलकुदका लागि चाहिने संरचना बनाउन सघाउँछु : साउद
भीमदत्तनगर, १६ असोज ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिँचाइ मन्त्री नारायणप्रकाश साउदले खेलकुदका लागि आवश्यक संरचना निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आजदेखि कञ्चनपुरको झलारीपिपलाडी–८ फूलेलीमा सुरु भएको दोस्रो जिल्लास्तरीय कराँते प्रतियोगिताको उद्घाटन गर्दै नेता साउदले खेलकुदका लागि चाहिने संरचना निर्माणका लागि सांसद विकास कोषमार्फत रकम उपलब्ध गराउने आश्वासन दिए।
उनले सङ्घीय संरचनामा अहिले बनेका नगरपालिकाको स्वरुप यथावत रहने बताए ।
‘नगरपालिका बनिसकेको अवस्थामा गाउँपालिकामा झर्नुपर्छ कि भन्ने जनतामा डर थियो,’ उनले भने–“दलबीच संरचना नटु्क्र्याउने विषयमा सहमति भइसकेको छ ।”
प्रतिकृया दिनुहोस्
Loading...