म्यानचेस्टर युनाईटेड, ईन्टर मिलान र शाल्का विजयी

काठमाडौं, ५ कात्तिक ।

युरोपा लिग फुटबलअन्तर्गत बिहीबार राति भएका खेलमा म्यानचेस्टर युनाईटेड, ईन्टर मिलान र शाल्का विजयी भएका छन् ।

आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाईटेडले टर्कीको फेनरबाचेलाई ४-१ ले हरायो ।

यही समुहको अर्को खेलमा नेदरल्याण्ड्सको फेयनुर्डले युक्रेनको जोर्या लुहान्स्कलाई १-० ले हरायो ।

युरोपा लिगकै अर्को खेलमा ईटालीको ईन्टर मिलानले इङ्ल्यान्डको साउथह्याम्पटनलाई १-० ले हराउँदा अर्को ईटालीयन क्लव ए.एस रोमाले अष्ट्रिया भिएनासँग ३-३ गोलको बराबरी खेलेको छ ।

यसैगरी जर्मनीको शाल्काले रुसको क्रास्नोडारलाई १-० ले हराउँदा स्पेनको सेल्टा भिगो र नेदरल्याण्ड्सको आयाक्सले २-२ गोलको बराबरी खेलेका छन् ।

युरोपा लिग फुटबलअन्तर्गतका अन्य खेलहरुमा ग्रिसको ओलम्पियाकोस, रुसको जेनिथ, युक्रेनको शाख्तर, ईटालीको फियोरेन्टीना र चेक गणतन्त्रको स्पार्टा प्राग विजयी भएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...