इङ्लिस लिगमा नवौं चरणका खेल सुरु हुँदै, यस्तो छ भिडन्त

काठमाडौं, ६ कात्तिक ।

इङ्लिस प्रिमियर लिगअन्तर्गतका नवौं चरणका खेल आज(शनिबार)बाट सुरु हुँदैछन् । लिगअन्तर्गत आज आठ खेल हुने छन् । नेपाली समयअनुसार बेलुका सवा ५ बजे बर्नमाउथ र टोटनह्याम भिड्ने छन् ।

राति पौने आठ बजे ६ खेल हुँदैछन् । आर्सनलले मिडल्सब्रो आमनेसामने हुँदा वर्नले र एभर्टन, हलसिटी र स्टोक सिटी, लेस्टर सिटी र क्रिस्टल प्यालेस, स्वान्सी सिटी र वार्डफोर्ड तथा वेस्ट ह्याम युनाइटेड र सन्डरल्यान्ड भिड्ने छन् ।

त्यसैगरी आजै राति सवा १० बजे हुने अर्को खेलमा लिभरपुल र वेस्टब्रोमबीच प्रतिस्पर्धा हुने छ । आठौं चरणका खेल सकिँदासम्म म्यानचेस्टर सिटी १९ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

समान १९ अंक भएको आर्सनल दोस्रो स्थानमा रहँदा १८ अंकका साथ टोटनह्याम तेस्रोमा छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...