आईसीसी महिला विश्वकप क्रिकेटमा आज नेपाल हङकङ भिडन्त


काठमाडों २७ असोज।

आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज आयोजक हङकङको सामना गर्दै छ ।

अंकतालिकाको शिर्ष स्थानमा रहेको हंकङसँगको यो दोस्रो खेल हो । छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

हङकङको कोलुनस्थित कोलुन क्रिकेट मैदानमा पौने १२ बजे सुरुहुने प्रतियोगितामा नेपाल पहिलो हारको बदाला लिने दाउमा रहेको छ ।

छनोटको पहिलो खेलमा नेपाल हङकङ दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । तेस्रो खेलमा भने नेपालले चीनलाई पराजित गरेको छ । तिजसँगै नेपालले दुई अंक जोडेको छ ।

अंकतालिकाको शीर्ष स्थानमा हंकङ छ भने दोस्रो स्थानमा थाइल्याण्ड रहेको छ । शीर्ष स्थानमा रहने टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिनेछ ।

ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोलीले इंग्ल्यान्डमा हुने महिला विश्वकप खेल्न पाउँनेछन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...