विश्वकप छनोट फुटबल: रोनाल्डो एक्लैले गरे चार गोल, फ्रान्सले बुल्गेरियालाई हरायो


  • काठमाडौं, २२ असोज।

विश्वकप छनोट फुटबलअन्तर्गत् युरोपेली समूहका खेलहरुमा फुटबलका शक्ति राष्ट्रहरु फ्रान्स, नेदरल्यान्ड्स, पोर्चुगल र बेल्जियम विजयी भएका छन् ।

शुक्रबार राति भएका समूह ‘ए’को खेलमा फ्रान्सले बुल्गेरियालाई ४–१ ले हराउँदा नेदरल्यान्ड्सले बेलारुसलाई पनि ४–१ ले नै पराजित गर्‍यो । यही समूहको अर्को खेलमा स्वीडेनले लक्जेम्बर्गलाई १–० ले हरायो ।

यस्तै, समूह ‘बी’को खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले एन्डोरालाई ६–० ले हरायो ।

आफ्नै राष्ट्रमा भएको खेलमा पोर्चुगलका लागि क्रिश्चियानो रोनाल्डोले चार गोल गर्दा आन्द्रे सिल्भा र हुँवा कान्सेलोले एक–एक गोल थपे ।

यही समूहका अरु खेलहरुमा स्वीट्जरल्यान्डले हंगेरीलाई ३–२ ले तथा फारो आइल्यान्डले लात्भियालाई २–० ले हराएका छन् ।

यसैगरी, समूह ‘एच’को खेलमा बेल्जियमले बोस्निया हर्जगोभिनालाई ४–० ले हराउँदा इस्टोनियाले जिब्रल्टारलाई पनि ४–० ले नै हराएको छ ।

यसैगरी, ग्रीसले साइप्रसलाई २–० ले पराजित गरेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...