यसरी पकाउनुस खसीको आन्द्रा-भुँडी (तरिकासहित)
- सुरज प्रधान।
नेपालमा चाडपर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन् । मासु साहै्र लोकप्रिय छ, हामी सबै नेपालीहरुलाई ।
नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो । सारा विश्वमै खसी र बाख्राका परिकारहरु लोकप्रिय छन् । कहि यसको दुध बढी उपयोगमा ल्याइन्छ त कहि त्यसबाट बनेको चिज भने कहि यसको मासु ।
इग्जोटिक परिकारको रुपमा विश्वमा साह्रै नै प्रख्यात परिकारहरुमा विभिन्न पशुका विभिन्न अंगका मासुहरुको प्रयोग ल्याइन्छ, जसलाई अंग्रेजीमा आफल भनिन्छ ।
पशुको मासु र हड्डीको भाग बढी खाने गरेता पनि भित्रि अंगको स्वाद संसारको हरेक कुनामा लिइन्छ । आन्द्रा, भुँडी, टाउको, रगत, अण्डकोस, जिब्रो, कलेजो , मृगौला, कान, खुट्टा, इत्यादि विश्वको कहिँ न कहिँ प्रचलित छन् ।
दक्षिण एशियामा पनि विभिन्न भित्रि अंगहरु खाने चलन छ । नेपालमा विभिन्न जातिहरुका मानिसहरुले पनि विभिन्न पशुका विभिन्न प्रकारका त्यस्ता अंगको परिकार बनाएर खान्छन् ।
तथापी खसीको मासुलगायत अरु अंगको परिकार साह्रै प्रचलित छन् । दसैँ त्यस्ता किसिमका परिकारहरु चाख्ने सबैभन्दा उपयुक्त समय हो ।
त्यसैले आज तपाईं सामु आज मैले नेपालको प्रख्यात खसीको आन्द्रा—भुँडीको परिकार ल्याएको छु, जुन भुटन र भुटुनका नामले ज्यादै नै प्रख्यात छन् ।
चाहिने सामग्रीहरुः
खसीको आन्द्राः भुँडी एक किलो जति
बेसारः दुई चम्चा
तोरीको तेलः चार चम्चा
सुकेको रातो खुर्सानीको धुलोः एक चम्चा
जिराको धुलोः एक चम्चा
धनियाँको धुलोः एक चम्चा
लसुनको लेदोः एक चम्चा
अदुवाको लेदोः एक चम्चा
ल्वांगः सुकमेलको धुलो एक चिम्टी
नुन : स्वाद्नुसार
बनाउने तरिका
—सुरुमा आन्द्रा—भुँडी राम्ररी पानीले सफा गरी त्यसलाई एउटा भाडामा एक चम्चा बेसार हाली उमाल्ने ।
—लगभग आधा घण्टा उसिनेपछि चिसो पानीले पखाल्ने, त्यसपछि स—सानो टुक्रामा काट्ने ।
—एउटा फ्राई प्यानमा तेल राखी तताउने र आन्द्रा—भुँडी मज्जाले भुट्ने ।
—होस् गर्नुहोस् मासुहरु उछिटिन सक्छन् ।
—त्यसपछि बेसार राख्ने र क्रमसः सबै सामग्रीहरु राख्ने ।
—खैरो हुन्जेल त्यसलाई भुट्ने र निकाल्ने ।
—अब यसलाई तात्तातो चिउरा, गोलभेडाको अचार वा अन्य खानासँग मिलाएर खान सकिन्छ ।
प्रतिकृया दिनुहोस्
Loading...