बहुलाहा कुकुरले टोकेर १ को मृत्यु १ घाइते
उदयपुर, २ कात्तिक ।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१ बोक्से तथा बाबरी क्षेत्रमा एक हप्तायतादेखि बौलाहा कुकुरको बिगबिगी बढेको छ ।
स्थानीयवासी राजकुमार राईका अनुसार एक हप्ताभित्र बहुलाहा कुकुरको टोकाइबाट एक महिला र एउटा गाईको मृत्यु भएको छ भने एउटा बालिका सख्त घाइते भएकी छिन् ।
बाबरीका ७० वर्षीया मनसरी राईको बहुलाहा कुकुरको टोकाइबाट मृत्यु भएको र अर्का १० वर्षीया बालिका रेजिना राई घाइते भएको प्रहरीले जनाएको छ । बहुलाहा कुकुरकै टोकाइबाट स्थानीय राजकुमार राईका गाईको पनि मृत्यु भएको छ ।
छ दिन अगाडि नै कुकुरले टोकेपछि सोमबार एउटा गाईको मृत्यु भएको बताइएको छ ।
गाईलाई बहुलाहा कुकुरले टोकेको थाहा नहुँदा सो गाईको दूध पनि धेरैले खाएका कारण अहिले स्थानीयवासीमा रेबिज रोगको त्रास बढेको गाई पालक राईले बताए ।
प्रतिकृया दिनुहोस्
Loading...