रुससँग खतरनाक क्षेप्यास्त्र, अमेरिकासहितका शक्ति राष्ट्र आतंकित !


  • मस्को, १० कात्तिक ।

विश्वमा परमाणु हतियारको बर्चश्वका कारण कुनै पनि बेला विश्वयुद्ध हुन सक्ने सम्भावनालाई नकार्न सकिदैंन । त्यस्तो युद्ध कति खतरनाक होला ? सहजै अनुमान गर्न सकिने अवस्था छैन । किनकि शक्ति राष्ट्रहरुसँग एक से एक खतरनाक हतियार छन् । जसले गर्दा भयावह क्षति व्यहोर्नुपर्ने हुन सक्छ ।

यस्तै एक खतरनाक क्षेप्यास्त्र रुससँग छ, जसबाट अमेरिकासहितका शक्ति राष्ट्रहरु पनि थर्कमान हुने गरेका छन् । ‘सेटेन–२’ नाम दिइएको यो हतियारको तस्वीर हालै प्रकाशमा आएको हो ।

सात किलोमिटर प्रतिसेकेन्डको रफ्तारमा हुइँकिने यो क्षेप्यास्त्रले १० हजार किलोमिटरको दुरीसम्म मार हान्न सक्छ । अर्थात् यो क्षेप्यास्त्रले अमेरिकालाई सजिलै निशाना बनाउन सक्छ ।


यो क्षेप्यास्त्रले फ्रान्सको भूगोल बराबरको क्षेत्रलाई ध्वस्त बनाउन सक्छ । यो क्षेप्यास्त्रले अमेरिकी एनटी मिसाइल प्रणालीलाई पनि छक्याउन सक्छ ।

रोचक पक्ष त यो छ कि, रुसको यो क्षेप्यास्त्रको नाम रुस आफैंले राखेको होइन । यो क्षेप्यास्त्रको नामाकरण उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले गरेको हो ।

यसले ४० मेगाटन हतियार बोक्न सक्छ । यो क्षमता सन् १९४५ मा अमेरिकाले हिरोसिमामा खसालेको परमाणु बमको तुलनामा दुई हजार गुणा बढी शक्तिशाली विनासका लागि काफी हुन्छ । (एजेन्सी)

,

प्रतिकृया दिनुहोस्

Loading...