बजार र विद्यालयमा हवाई हमला, २२ विद्यार्थीसहित २६ को मृत्यु
काठमाडौं, ११ कात्तिक ।
सिरियाको उत्तर क्षेत्रमा पर्ने विद्रोहीले कब्जा गरेको इदलिब शहरमा गरिएको भिषण हवाई हमलामा कम्तिमा २६ जनाको मृत्यु भएको छ ।
शहरका विभिन्न स्थानमध्ये एक विद्यालय परिसरमा पनि आक्रमण गरिएको र कम्तिमा २२ बालबालिकाको मृत्यु भएको बताइएको छ ।
हवाई आक्रमणमा रुसका युद्धक विमानको संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ । इदलिब प्रान्तको हास गाउँलाई सिरियाली विद्रोहीको गढ मानिन्छ ।
इदलिबको छेउतिर पर्ने हास सहरमा रहेको एक विद्यालयको प्राङ्गणमा हवाई आक्रमण भएको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ ।
युनिसेफले जानीजानी स्कुललाई निशाना बनाएर आक्रमण गरिएको भए यो युद्ध अपराध हुने जनाएको छ ।
सिरियाको सरकारी टेलिभिजन च्यानलले चरमपन्थीहरुको इलाकामा हमला गरिएको र चरमपन्थीहरुकै मृत्यु भएको जनाएको छ ।
विद्यायलयमा हमला भएको र बालबालिकाको मृत्यु भएको खबरको उसले खण्डन गरेको छ ।
(एजेन्सी)
प्रतिकृया दिनुहोस्
Loading...