जिपले ट्रकलाई ठक्कर दिदा ८ भारतीयको मृत्यु

जयपुर, १५ कात्तिक ।
भारतको राजस्थानमा आइतबार दुई भिन्नाभिन्नै सडक दुर्घटनामा परी कम्तीमा आठ भारतीयको मृत्यु भएको प्रहरीले जनाएको छ।
राजस्थानको टङ्क जिल्लामा एउटा जिपले रोकिराखेको राजस्थानको ट्रकलाई ठक्कर दिएपछि गुडिरहेको उक्त जिप सडकमा पल्टिँदा तीन महिला, एक तीनदिने शिशु र दुई जना अन्य गरी पाँच जनाको मृत्यु भएको थियो।
यस्तै कोटा जिल्लामा शनिबार भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको र ११ जना घाइते भएको बताइएको छ।
राति गुडिरहेको बसको नियन्त्रण गुम्दा सडक नजिकै रहेको बस्तीमा ठक्कर दिएपछि तीन जनाको मृत्यु भएको र स्थानीयसहित १० जना घाइते भएको प्रहरीले बताएको छ। रासस/पीटीआई
प्रतिकृया दिनुहोस्
Loading...