अस्पतालमा भिषण आगलागी, २३ जनाको मृत्यु

उडिसा, २ कात्तिक ।

भारतको उडिसास्थित एक निजी अस्पतालमा भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको छ ।

उडिसाको भुवनेश्वरस्थित सम अस्पतालमा आगलागी हुँदा ५० जनाभन्दा बढी बिरामी जलेका छन् । डायलासिस विभागबाट शुरु भएको आगलागी पुरै अस्पतालमा फैलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आगलागी शुरु भएलगत्तै बिरामीहरुमा भागदौड मच्चिएको थियो । आगो आइसीयु विभागमा समेत पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सार्न अस्पताल कर्मचारीलाई मुस्किल भएको थियो ।

आगलागीपछि त्यहाँका बिरामीलाई अन्य अस्पतालमा सारिएको छ । मृत्यु हुनेमा बिरामीका साथै अस्पतालका केही कर्मचारीसमेत रहेका छन् ।

सातवटा दमकल र १ सय २० जना अग्नि नियन्त्रकले आगलागी नियन्त्रणमा लिएका छन् ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...