आफ्नै पादमा आगो लाग्दा महिला घाइते !

काठमाडौं, ७ मंसिर ।

अस्पतालमा शल्यक्रिया गरिरहेको बेला एक महिलाले पादेको पादले आगो लाग्दा ती महिला जलेर गम्भीर घाइते भएकी छिन् ।

जापानको टोकियो मेडिकल युनिभर्सिटी अस्पतालमा यो घटना भएको हो । ३० वर्ष उमेरकी ती महिला बिरामीको प्रजनन अंगमा लेजर अपरेशन भैरहेको समयमा उनले पादेकी थिइन् । उनले पादमा छाडेको ग्यास लेजरमा परेपछि आगो निस्केको हो । आगोको ज्वालाले उनको कम्मर तथा खुट्टामा नराम्रोसँग जलेको छ ।

घटनापछि अस्पतालको एक टोलीले अनुसन्धान गर्दा शल्यक्रिया कक्षमा आगलागी हुने कुनै वस्तु नरहेको र शल्यक्रियाका सामानले पनि राम्रोसँग काम गरिरहेको निष्कर्ष निकाल्दै पादकै कारण आगलागी भएको ठहर गरेको छ ।

स्मरण रहोस् मानिसले पाद गर्दा निकाल्ने ग्यासमा कार्वनडाइअक्साइड, हाइड्रोजन, नाइट्रोजन, अक्सिजन तथा मिथेन ग्यास हुन्छ । हाइड्रोजन तथा मिथेन ग्यासका कारण पाद प्रज्वलनशील बनेको हुन्छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...