घरमै भेटियो ३७ करोड डलर मूल्य बराबरको सय किलो सुन
एजेन्सी, ८ मंसिर ।
फ्रान्सका एक व्यक्तिले आफन्तबाट विरासतमा प्राप्त भएको घरमा लुकाएर राखिएको एक सय किलो सुन फेला पारेका छन् ।
विरासतमा पाएको घर बेच्ने मनसाय बनाएका व्यक्तिले घरमा रहेको फर्निचर, बाथरुम तथा च्यादरमा लुकाएको अवस्थामा एक सय किलो सुन फेला पारेका हुन् । यसको मूल्य ३७ करोड डलर आँकलन गरिएको छ ।
विरासतमा घर पाएका व्यक्तिले लिलामीका लागि लिलामी गर्ने व्यक्तिसँग पनि सम्पर्क गरेका थिए । तर उनको घरबाट सुनका पाँच हजार वटा सिक्का, १२ किलो सुनका दुईवटा पट्टी र एक एक किलोका सुनका इन्गोट्स फेला परेको लिलामीकर्ता निकोलस फियरफोर्टले बताउए ।
आफूले नोर्माण्डीमा रहेको घरको अवलोकन गरेको फियरफोर्टले बताए । घरमा रहेका सामान हटाउने क्रममा सुन देखिएको उनको भनाई छ । घरमा पाइएको कागजात अनुसार घरका पूर्व मालिकको यि सुन सन् १९५० देखि १९६० को बिचमा कानुनी रुपले किनेको देखिएको छ ।

प्रतिकृया दिनुहोस्
Loading...