कपिलवस्तुमा बस र एम्बुलेन्स ठोक्किँदा २ को ज्यान गयो


  • कपिलवस्तु,  ४ मंसिर । 


कपिलवस्तुको बुङ्चिमा (आज) शनिबार बिहान बस र एम्बुलेन्स ठोक्किँदा दुईजनाको ज्यान गएको छ । 

दुर्घटनामा अरु ५ जना घाइते भएका छन् ।

एम्बुलेन्समा रहेका कञ्चनपुर बाइस विजुवाका ५५ वर्षका सुब्बा राना र ६० वर्षकी मदिया रानाको ज्यान गएको हो ।

घाइतेको भैरहवामा उपचार भैरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद पोख्रेलले जानकारी दिए।

पूर्वबाट पश्चिमका लागि छुटेको मे १ च ३९६ नम्बरको एम्बुलेन्स र ना ४ ख ७९९६ नम्बरको बस बुङ्चिमा ठोक्किएर दुर्घटना भएको हो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...